नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेपछि नागरिक समाजद्वारा आपत्ति

काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ।

समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका छन्। समाजका एक कार्यकर्ताले भने, ‘हुम्लामा चिनियाँहरुले नेपालको भुमिमा भवनहरु बनाएको छ।ओलि जी भाडामा दिनु भएको छ या बेच्नु भएको छ एकचोटि चुटकुले भाषा भए पनि नेपाली जनतालाइ बताइ दिनु।’

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् । हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.