प्रेमीसँग मिलेर पतिको हत्या

नवलपरासी । प्रहरीले हत्या आरोपमा घटनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको हत्या गरेकी हुन् ।

१४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् । सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ ।

हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको छ ।

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित