मन्त्रीमण्डल पुर्नगठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले यसपटक मन्त्रीमण्डल पुर्नगठन गर्दा दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने र आफूलाई संकटमा पर्दा साथ दिनेलाई अवसर दिने मापदण्ड बनाएको बुझिएको छ ।

दुई वर्ष पुरा भइसकेपनि केही मन्त्रीहरु भने सरकारमा रहनेछन् । उनीहरुले ओलीलाई संकट पर्दा साथ दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारमै रहनेछन् । पोखरेल र बादलले ओलीको सत्ता संकट आउँदा निकै साथ दिएका थिए । ज्ञवाली ओलीका विश्वासपात्र हुन् । उनलाई सञ्चारमा लाने तयारी भएको बुझिएको छ ।

राष्ट्रियसभामा मनोनित हुन लागेका बामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित विकासे मन्त्रालय दिने तयारी भएको छ । गृहमा बादल कायमै रहेमा बामदेवले अर्थ पाउनेछन् । उनको चाहना पनि अर्थमा जाने रहेको छ । संकटमा साथ दिएकाले प्रधानमन्त्री ओली गौतमप्रति सकारात्मक बनेका छन् ।

ओलीलाई संकटमा साथ दिने मन्त्रीहरु लेखराज भट्ट, योगेश भट्टराई र घनश्याम भुषाल पनि सरकारमै रहने बुझिएको छ । भानुभक्त ढकाल पनि सरकारमै रहनेछन् । केही महिना अघि मात्र मन्त्री भएकी शिवमाया तुम्वाहाम्फे पनि सरकारमै रहनेछिन् ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा लाने तयारी भएको छ । श्रेष्ठको चाहना पनि त्यही रहेको छ । यसरी सरकारमा तीनजना उपप्रधानमन्त्री रहने सम्भावना छ । शंकर पोखरेललाई पनि सरकारमा ल्याउने सम्भावना छ । त्यसका लागि उनलाई प्रदेश ५ को मुख्यमन्त्रीबाट राजीनामा गराएर बोलाइनेबारे परामर्श चलेको छ ।

त्यसबारे अन्तिम निर्णयमा भने पोखरेल स्वयं नपुगेको बुझिएको छ । उनले चाहेमा सरकारमा तुरुन्तै सहभागी हुन पाउनेछन् । यसपटक दुई वर्ष कार्यकाल पुरा गरेका शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल, पद्मा अर्याल, विना मगरलगायत भने बिदा पाउने सम्भावना छ ।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित