भारतद्वारा प्याज निर्यातमा प्रतिवन्ध, प्याजको मूल्यमा कालोबजारी शुरु

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर पाउडरबाहेक ताजा प्याज निर्यात गर्न रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन। सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ। गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो । यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् ।

अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’ भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ।

यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य अकासिएको हो। थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ। खुद्रामा भने झन्डै ८० प्रतिशतले व्यापारीले आफूखुसी मूल्य थपेका छन्।

प्याजको मूल्य बढ्ने भएपछि बजारमा प्याजको सर्टेज भएको छ । बजारमा अहिले ५० प्रति केजी पाइरहेको प्याज ७०/८० रुपैयाँ प्रति पर्नेभन्दा प्याजमा कालो बजारी शुरु भएको छ । नेपाल समाचार पत्रबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.