भारु साट्न सकस

काठमाडाैं । पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो ।

अहिले भने भारतीय एक सय रुपियाँ पनि व्यक्ति, व्यवसायी तथा वित्तीय संस्थाले नसाट्दा समस्या बढेको छ । सरकारी र निजी दुवै बैङ्क र वित्तीय संस्थाले भारु साट्न छाडेका छन् ।

भारतीय रुपियाँ बजारमा प्रशस्त भए पनि सटही नहुँदा व्यवसाय गर्न कठिन भएको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले कारोबार गर्दा भारु धेरै जम्मा भएको तर बैङ्कले नसाटिदिँदा समस्या भएको बताए ।

उनले भारु बैङ्कले नसाट्ने, सामान खरिद गर्दा साहूले पनि लिन नमान्ने भन्दै पहिले त १००, ५० को नोट बैङ्कमा जम्मा हुने गरेकामा अहिले त्यो पनि बैङ्कले बन्द गर्दा गाह्रो भएको गुनासो गरे । कामदारदेखि बैङ्कसम्म भारतीय रुपियाँको कारोबार नहुँदा नसकेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको उहाँको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्थाले सटही गर्न नमानेपछि कर्णाली प्रदेशमा व्यापारीसँग भारतीय मुद्रा थुप्रिएको छ । सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिददेखि बजार र चलनचल्तीमा भारतीय रुपियाँको प्रयोग गर्दै आएका छन् ।

भारतीय रकम सटही नहुने र नेपाली नोटको कमी हुँदा आर्थिक कारोबारमा समस्या परेको छ । प्रदेशमा भित्रिएको भारु साट्न सरकारले तत्काल कदम चाल्नुपर्ने व्यवसायी सङ्घको माग छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित