अछाम । हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामले आजभन्दा १० वर्षअघि एक व्यक्तिको हत्या गरेर फरार अभियुक्त गुमानसिंह थापालाई भदौं २८ गते पक्राउ गरिएको जनाएको छ ।
२०६७ साल असोज ५ गते जिल्लाको (साविक सिउडी गाविस वडा नम्वर ८) चौरपाटी गाउँपालिका १ का सुरेश थापा लगायतका ५ जनाले स्थानीय चित्र थापाको हत्या गरेका थिए । ४ जनालाई तत्काल पक्राउ गरिएको थियो । तर एक जना फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकृत प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले दिएकाे जानकारी अनुसार निजले जिल्ला अदालत अछामको २०७३ साल असार ५ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तानी गर्नुपर्ने थियो । निजलाई अदालतमा पेश गरि हिजो नै जिल्ला कारागार चलान गरिएको अवस्थीले बताए ।
Facebook Comments