कुलमानका पक्षमा उभिँदै कलाकार

google

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुन नियुक्तिकाे पक्षमा कलाकारहरु देखिएका छन् । प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा हरिवंश आचार्य, करिष्मा मानन्धर, दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, प्रदिप भट्टराइलगायतका कलाकारहरू देखिएका छन् ।

उनीहरूले कुलमानलाई पुन नियुक्त गर्न माग गरेका छन् । दैनिक १८ घण्टासम्म लोडसेङि भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रासले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् ।

प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले अपिल गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, “आदरणीय साथीहरु कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।”

निर्देशक प्रदिप भट्टराइले पनि दीपकले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन् । उनी सामाजिक सञ्जालमा फेसबुकमा लेख्छन्, “नराम्रा पटक पटक, राम्रा किन एक पटक ?”

 

Facebook Comments