थप ११ सय ७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज, थप १५ काे मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा ८७९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.