‘केबीसी १२’ करमवीर स्पेसल एपीसोडको छायांकन

एजेन्सी । कौन बनेगा करोडपति १२ का होस्ट तथा बलिउड महानायक अमिताभ बच्चनले हालै करमवीर नामक स्पेसल एपिसोडको छायांकन गरेका छन् ।

यस विशेष एपिसोडमा समाज र मानवताको उत्थानका लागि काम गरिरहेका संस्था वा व्यक्तिलाई आमन्त्रित गरिन्छ ।बच्चनले यो विशेष एपिसोड छायांकनको अनुभव ब्लग र इन्स्टाग्राममार्फत पनि व्यक्त गरेका छन् । बच्चनले समाजका लागि नि:स्वार्थ कार्यगरिरहेको संस्थाको प्रशंसा गरेका छन् ।

ब्लगको अन्यतिर अमिताभले लेखेका छन्, “उनीहरुलाई मेरो माया जसले अरुको भलाइका लागि सोच्दछन् ।” केबीसी १२ अक्टोबरमा प्रसारण हुने सम्भावना छ । यसपालिको अडिसन डिजिटल माध्यमबाट भइसकेको छ । -इन्डियन एक्सप्रेस

Facebook Comments