२० वर्ष अघि श्रीमतीकाे हत्या, पक्राउ परेका रिजाल कारागार चलान

काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले श्रीमती हत्या अभियाेगमा पक्राउ परेका अरुण कुमार रिजाल (सुनार) लाई पुर्पक्षको लागी  कारागार चलान गरेकाे छ ।

२०५७ साल भदाै २६ गते काठमाडाैं महानगर-१३ चागलमा डेरा गरी बस्दा १८ बर्षकी श्रीमती दिल माया सुनारकाे घाँटी थिचेर हत्या गरी फरार रहेका अरुणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले २०७७ साल भदाै १८ पक्राउ गरी मुद्धा चलाएकाे थियाे ।

दोलखाकाे भिमेश्वर नगरपालिका-३ ताथली स्थायी घर भई काठमाडाैं बस्ने अरूणले उनकी श्रीमती दिल माया सुनारलाई घाँटी थिची हत्या गरेर फरार रहेकाले पक्राउ गरेर मुद्धा चलाइएकाे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

Facebook Comments