पुजारी हत्या प्रकरण: प्रहरीकाे प्रतिवेदनमाथि उठ्याे गम्भीर प्रश्न

जनकपुर । ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे महासंघकाे ठहर छ।

महासंघले जारी गरेकाे प्रेस विज्ञप्तिमा लेखिएकाे छ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व। श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

यसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले गरिसकेका छन । आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवी आफुहरूले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेका छन् र उनीहरूको परिवार बीच अन्य कुनै प्रकारको झै-झगडा समेत नरहेको जारी विज्ञप्तिमा उल्लेख छ,

यसर्थ, घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास भएको हाम्रो ठहर छ । प्रहरी प्रतिबेदनलाई तत्काल खारेज गरी हत्याको छानबिनका लागि बिशेष समिती बनाई वास्तविक दोषी र घटनाको बास्तविकतालाई यथाशिघ्र सार्वजनिक गर्न हामी केन्द्र सरकार गृह मन्त्रालयसङ्ग माग गर्दछौ । त्यस्तै, स्व.सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाही गर्न समेत हामी माग गर्दछौं ।

पुजारीका हत्यामा सम्लग्नलाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एवम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथी कारबाही गर्न गृह मन्त्रालयलाई हामी गम्भीर हुन आग्रह गर्दछौं । हाम्रो आग्रहलाई वेवास्ता गरिए हामी यस कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिने एबम खबरदारीका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं भनी विज्ञप्तिमा लेखिएकाे छ।

त्यस्तै महासंघकाे कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित