भक्तपुरमा ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

काठमाडाैं । भक्तपुरकाे समिट अस्पतालमा उपचाररत ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु भएको हो । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका बृद्धकाे उपचारकाे क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ११ गते भर्ना गरिएका उनलाइ शनिबार माै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार २ बजे मृत्यु भएको हाे ।

Facebook Comments