काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएकाे छ । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना संक्रमण देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब परीक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको स्राेतले बतायाे ।
Facebook Comments