कोरोना संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु, मृतक संख्या २२१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० जना पुरुष र ४ जना महिला गरि १४ जनाकाे मृत्यु भएकाे जानकारी दिए ।

Facebook Comments