काठमाडौं । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीब जनताको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं, महाेत्तरी, धनुषा र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।
मिथिलाबिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागि राहत को कुनै बेवस्था नगरेकोले सरकरको बिरोधमा अभियानले प्रदर्शन गरेकाे हाे।गरीब मजदूर हरुको लागी अबिलम्ब सरकारले राहतको बेवस्था गर्नको लागि गरिएको प्रदर्शन को नेतृत्व मिथिलाबिहारी नगरपालिकाका संयोजक ओमप्रकाश मण्डलले गरेका थिए।
१२ किलो चामलमा 6 महिना कसरी धान्ने ? पार्टीको झगडा पछि सरकार,हाललाई मजदूर र किसानलाई राहत सरकार । सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार,जनता के बेकुफ हो सरकार ?जनता कहिलेसम्म लाचार,सबैलाई निशुल्क पिसिआर !कुर्सी हैन, जनता जोगाउ । राष्ट्रीय एकता अभियान, जिन्दावाद को नारा का साथ प्लेकार्ड लिएर गरिएको प्रदर्शन मा स्थानीय अभिनता ओमप्रकाश साह, रुपेश यादव, राकेश मंडल, गणेश साह, संतोष साह, अशोक साह, प्रदीप साह, नितीश यादव, सरोज यादव, सत्य देव साह, दीपेन्द्र साह, शिव साह लगायत को उपस्थिति रहेको थियो।
त्यस्तै महोतरी स्थित लोहरपट्टी गाउँपालिकामा स्थानीय संयोजक दीपेश साहको अगुवाईमा अभियानकाे प्रदर्शन भएको छ। त्यस्तै अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियना अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।
Facebook Comments