काठमाडौं । काठमाडाैं उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो ।
पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ ।
Facebook Comments