Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडाैं । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको महासेनानी नकुल थापाले जानकारी दिए।
महासेनानी थापाका अनुसार हालसम्म उक्त शिक्षालयका ८१ जना जवानहरूमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमित सबै प्रशिक्षार्थीहरू रहेको थापाले बताए। दाङबाट आएका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा ती संक्रमितहरू फेला परेको थापाले जानकारी दिए।
कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना नेपाली सेनाका जवानहरूमा संक्रमण फेला परेको थियो। त्यस्तै, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण फेला परेको छ।




Facebook Comments