धनगढी। कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा विहीबार राति १२ बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।
लकडाउनमा जिल्लामा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकरी दिए ।
Facebook Comments