काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले निर्देशनमार्फत् एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित गर्न भनेको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सम्बन्धित प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाएर न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर कारोबार गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ
S.K.B. Communication and Research center Pvt. Ltd.
इमेल: mail.nepalsatyanews@gmail.com
फोन नम्बर: 9804578262/9848865855
ठेगाना: लाजिम्पाट -२, काठमाडौ
सूचना विभाग दर्ता नं. : २२०९/०७७-७८
सञ्चालक/प्रबन्ध निर्देशक : सन्दिप कुमार बैश्य
सम्पादक : राधिका थापा मगर
सम्बाददाता : प्रदिप कुमार
Facebook Comments