१७ अंकले घट्यो नेप्से

काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड रूपैयाँ बरावरको शेयर खरीदविक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ ।

काराेबारकाे अघिल्लो दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९८ पुगेको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको शेयर कारोबार ८ करोड १४ लाख रूपैयाँ बराबरकोको भएको छ ।

Facebook Comments