नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

Facebook Comments