काठमाडौं । मंगलबार सुनको भाउ तोलामा तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको छ।
सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Facebook Comments