कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १६ हजार ४९३ पुग्याे

काठमाडौं । पछिल्लाे २४ घण्टामा थप १४० जना कोरोना संक्रमण मुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ४ सय ९३ उपचारपछि निको भएका छन्। धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन् । त्यस्तै २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।

हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार ७ सय ३८ जना रहेका छन्। हालसम्म नेपालमा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

Facebook Comments