काठमाडाैं । सोमबार काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ। सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।
साथै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।
Facebook Comments