पेरिस । फ्रान्सस्थित चिनियाँ दूतावासले उइगर मुस्लिमको सम्बन्धमा पश्चिमहा मुलुकको बहकाउमा लागेर फ्रान्सले टिप्पणी गरेको आरोप लगाएका छन् ।
चिनियाँ दूतावासले भन्यो, “फ्रान्सका राजनीतिज्ञहरु अमेरिकी अपशब्द र बेलायती अभियानको बहकाउमा लागेका छन् ।”
फ्रान्समा विदेश मन्त्री जिन- यभेस लि ड्रियनले चीनको सिन्जियाङमा चीनले गरेको व्यवहार अस्वीकार्य छ । चिनियाँ अधिकारीहरुले उनीहरुमाथिको दमन रोक्न आवश्यक छ ।”
चीनको उइगरमाथि चिनियाँ अधिकारीहरुले दमन गरेको श्रम शोषण गरेको आरोपहरु लगाइएका छन् । सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चीनको व्यापक आलोचना भइरहको छ।
Facebook Comments