चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह

एजेन्सी। संयुक्त राज्य अमेरिकाले चीनमाथिको परनिर्भरता कम गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन र त्यसको वितरणमा जोड दिन भारतलाई आग्रह गरेको हो ।

वाशिङ्टन र बेइजिङको सम्बन्धमा दरार पैदा भइरहेका बेला विदेशमन्त्री पोम्मपिओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्रीको चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

पोम्पिओले भने, “अहिले चीनसँग तनाव बढिरहेका बेला भारतलाई चीनमाथिको निर्भरता कम गर्ने र हटाउने उत्तम अवसर आएको छ । भारतले आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरणमा जोड दिन आवश्यक छ ।”

उनले थपे, “अहिले भारतले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ । अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ । त्यसकारण भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने उत्तम समय पनि हो ।”

अमेरिकाले लगातार कोरोना भाइरसको संक्रमण फैलाएको भन्दै चीनमाथि आरोप लगाइरहेको छ । त्यसैगरी हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको लगायतका आरोप अमेरिकाको लगाइरहेको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पिओले चीनले विश्वभर आतंक सिर्जना गरेको आरोप लगाइरहँदा चीनले उक्त आरोपहरु खारेज गरेको छ ।

Facebook Comments