काबुल । अफगानीस्तानका पूर्व खुफिया प्रमुख रहमातुल्लाह नबिलले पाकिस्तानी जासुसी एजेन्सी आईएसआई ‘धमिरा’ ले अफगानिस्तानको प्रणाली ध्वस्त बनाइरहेको बताएका छन् । उनले आईएसआई अफगानिस्तानका लागि गम्भीर खतरा भएको र टकरावको स्थिति सिर्जना हुनेसमेत बताएका छन् ।
शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “क्षेत्रीय मुलुकहरुमा गुप्तचर एजेन्सीहरुमा काम गर्ने कर्मचारीहरु नै विभिन्न मुलुकको सरकारी संस्थामा काम गरिरहेका छन् । यो नै गम्भीर खतराको विषय छ ।”
उनले तिनीहरु धमिरा भएको र जसले पूर्ण प्रणालीलाई नै ध्वस्त बनाउने बताएका छन् । उनले भने, “पाकिस्तानी मिलिटरी इन्टेलिजेन्स एजेन्टहरुले प्रणालीमा टकरावकोस्थिति सिर्जना गर्नेछन् । उनीहरुबाट सजग हुन आवश्यक छ ।”
पाकिस्तानी जासुसहरु विश्वभरका विभिन्न मुलुकहरुमा कार्यरत छन् । उनीहरुले त्यहाँका विभिन्न सरकारी निकायहरुमा नै काम गरिरहेको पाइएको यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका थिए ।












Facebook Comments