पाकिस्तानमा हिन्दु र क्रिश्च‍ियनलाई खाना सहयोग गर्न प्रतिबन्ध

एजेन्सी । कोरोना महामारीका कारण जोखिमपूर्ण जीवन बाँचिरहेका पाकिस्तानका हिन्दु र क्रश्‍चियन समुदायका मानिसहरुलाई खाना सहयोग गर्नसमेत रोक लगाइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ) लाई पाकिस्तान सरकारले पाकिस्तानको अल्पसंख्यक हिन्दु र क्रिश्‍चियन समुदायलाई खाना सहयोग गर्न गएकव टोलीमाथि रोक लगाएको छ ।

यूएससीआईआरएफका आयुक्त अनुरिमा भारगभाले भनिन्, “यस्तो किसिमको गतिविधि अपूरणीय क्षति हो । कोरोना महामारी नियन्त्रण फैलिरहेको समयमा जोखिममा परेका र खानासमेत नपाएका परिवारको सुरक्षा, स्वास्थ्य र खाना उपलब्ध गराउनसम्त रोक लगाउनु निकै दु:खदायी कुरा हो । यसले पाकिस्ताप्रतिको विश्वास नै गुमाएको छ ।”

उनीहरुको खाद्य सुरक्षाको ग्यारेन्टी गर्नसमेत यूएससीआईआरएफले पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

पाकिस्तानमा हिन्दूहरुको संख्या निकै कम छ । र त्यही अल्पसंख्यकलाई पाकिस्तानले निशाना बनाउँदै विभेद र दमनको नीति लिएको छ ।

कराचीमा घरबार विहीन र खान नपाएकाहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको सलानी वेलफेयर इन्टरनेशनल ट्रस्टले पनि हिन्दु र क्रिश्चियनहरुलाई सहयोग गर्न अस्वीकार गर्दै मुस्लिम समुदायलाई मात्रै सहयोग गरिरहेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै विकासोन्मुख देशका सरकारले सामना गर्नु परेको चुनौती भनेको मानिसहरूलाई भोकमरीबाट जोगाउनु र कोभिड-१९ को प्रसारलाई रोक्नुरहेकोमा जोड दिएका थिए ।

यूएससीआईआरएफका आयुक्त जोनी मुरेले भने, “यो धेरै देशहरू समक्ष कोरोना संक्रमण रोक्नु मुख्य विषय बनेको छ । प्रधानमन्त्री खानको सरकारले नेतृत्व गर्ने अवसर छ तर तिनीहरूले धार्मिक अल्पसंख्यकलाई पछाडि छोड्नु हुँदैन । अन्यथा, धार्मिक भेदभाव र अन्तर-सांप्रदायिक कलहले अर्को संकट थप्‍नसक्छ ।”

Facebook Comments