सम्झौत विपरीत भोटेकोशीमा चिनियाँ कम्पनी, कर्मचारीका शंकास्पद गतिविधि

काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको जनाइएको छ ।

कूल १०२ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरबाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ । सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको हो ।

अहिले राष्ट्रिय मूल्य र सम्झौता विपरीत चिनियाँ कम्पनी उक्त क्षेत्रमा मनोमानी गर्दै आएको छ । जुन ३० नेपाली कामदार र चिनियाँ कमर्चारीबीच झडप भएको थियो । झडप हुनुको कारण खोज्दै जाँदा चिनियाँ ठेकेदारहरुले यौन तृष्णा मेटाउनका लागि स्थानीय युवती ल्याउन भनेपछि नेपालीहरु आक्रोशित बनेका थिए । आक्रोशित नेपाली र चिनियाँबीच झडप भएको हो ।

चिनियाँ अधिकारीहरुले उक्त घटना ढाकछोप गर्न स्थानीयलाई दबाब दिँदै आएका छन् । चिनियाँ कामदार र इन्जिनियरहरु काम गर्नको साटो बजारमा घुम्ने स्थानियसँग घुलमिल हुने र सम्बन्ध बढाउने काम गरिरहेको बताइएको छ । उनीहरुका गतिविधि शंकास्दपद भएको पाइएको हो ।

नेपालको सार्वभौम सत्ता र राष्ट्रिय एकतामा गम्भीर आँच आउने शंकास्पद गतिविधिमा उनीहरु संलग्‍न भएको पाइएको हो । त्यहाँ रहेका नेपालीहरुबाट चिनियाँहरुले महत्वपूर्ण सूचना लिइरहेको समेत बताइएको छ । महत्वपूर्ण कुरा कुनै रोजगारी नभएका नेपालीहरु धनी हुँदै गएका छन् । उनीहरुलाई चिनियाँहरुले धेरै रकम दिएको हुनसक्ने आशंका गरिएको छ ।

चिनियाँ कम्पनीले निर्णमा गर्ने परियोजनाहरुमा चिनियाँ झण्डा लगाइएको पाइएको छ ।

ताजा अपडेट

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा कहिलेदेखि हुन्छ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता...

चर्चित