बावुद्वारा नाबालिका छोरीमाथि पटक–पटक बलत्कार

भद्रपुर। आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपितले पटक – पटक नाबालिका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताउनुभयो । १२ वर्षीया नाबालिका छोरीलाई करणी गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए।

Facebook Comments