भारतमा समस्यामा परेका नेपालीलाई सहयोग नगरेको भन्दै राजदूत आचार्यको चर्को आलोचना

काठमाडाैँ । नोभेल कोरोना भाइरसको महामारीका समयमा जारी लकडाउनका कारण मानिसहरुको जीवन अस्तव्यस्त बनेको छ । विभिन्‍न मुलुकमा रहेका नेपालका राजदूतवासहरुलाई त्यहाँका नेपालीहरुलाई अप्ठ्यारो पर्न नदिन निर्देशन जारी गरिएको थियो ।

तर, प्रधानमन्त्री ओलीका प्रिय पात्र भनिएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भने यति ठूलो लकडाउनमा नेपालीहरुको त्यति ठूलो पीडा भोग्दा पनि कुनै सहजता गराउन सकेनन् । अखिल भारत नेपाली एकतामनञ्‍चका केन्द्रीय सचिव आरबी खड्काले भारतमा रहेका नेपाली कामदाहरु समस्या पर्दासमेत सहयोग नगरेको भन्दै राजदूत आचार्यको आलोचना गरेका हुन् ।

यसअघि खड्काले राजदूत आचार्यलाई भारतमा रहेका निकै समस्यामा परेका नेपालीहरुलई केही आर्थिक सहयोग,खाना र आवासको व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर पनि राजदूत आचार्यले उनको आग्रहलाई बेवास्ता गरे । उनले आफू नजिक भएका केही निश्‍चित व्यक्तिलाई मात्रै सहयोग गरेको आरोप लगाइएको छ ।

आचार्य प्रचण्ड नजिक भएको र आचार्य ओलीको गोजीको व्यक्ति कारण पनि आफ्नो आग्रह अस्वीकार गरेको खड्काको आरोप छ ।

उता भारतको जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् ।

उनीहरुले त्यहाँका नागरिकले पाउने सम्पूर्ण सुविधा जस्तै सम्पत्ति आर्जन र किनबेच गर्न पाउने, रोजगारीका लागि आवेदन दिन पाउनेलगायतका सुविधा प्राप्त गर्ने जनाइएको छ ।

जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले ५ हजार ९०० भन्दा बढी प्रमाणपत्रहरु जारी गरिसकेको जानकारी दिएका छन् । अन्य करिब ७ सयभन्दा बढी प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको जानकारी दिएका छन्।

जम्मुको तेहसिलदारस्थित बाहुका डा. रोहित शर्माले भारतीय सेनामा सेवा गरेका २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको जानकारी दिएका छन् । जसमा ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएका थिए भने २५ सय प्राप्त गरिसकेका छन् र अन्य एक हजारजनाको प्रक्रियामा रहेको जनाइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.