Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
कालिकोट । जिल्ला पहरी कार्यालय कालिकोटले मास्क नलगाइ बजारमा हिंड्डुल गर्ने ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। संक्रामक रोग ऐन २०२० प्रयोग गरी प्रहरीले मास्क नलगाइ जथाभावी बजारमा हिँड्डुल गर्ने ४० जना नागरिकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पछिल्लो समय लकडाउन खुकुलो भएपछि नागरिक लापरवाही बढेकाले प्रहरीले लकडाउनसँगै कोरोनाबाट जोगिने उपायलाई कडाइका साथ पालना गराउन मास्क बिना बजारमा आउने नागरिकलाई कारबाही गर्ने अभियान सुरु गरेको बताए। उनले बुधबार मात्र मास्क नलगाएर बजारमा आएका ४० जनालाई मास्कको महत्व र कोरोनाबारे जानकारी गराइ संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमा एक सय रुपैयाँका दरले जरीवाना तिराएर मास्क दिइ पठाइएको बताए।
मास्क लगाउनु पर्छ भन्ने कुरा थाहा हुँदा पनि लापरवाही गरी मास्क नलगाएर बजार आउने कारबाहीमा परेको उनले बताए। उनले भने, ‘हामीले बजारमा बैंकमा काम भएका, दैनिक उपभोग्य सामान लिन आएका, अस्पताल तथा मेडिकलमा जाने मानिस लगायत अत्यावश्यक काममा आएकालाई सामाजिक दुरी कायम गरी मास्क लगाएर आउन आग्रह गरेका छौँ।’ कोरोनाको जोखिम बढिरहेका बेला दिन प्रति दिन मास्क नलगाउने, बजारमा आउँदा सामाजिक दुरी कायम नगर्ने जस्ता नागरिक लाप्रबाही बढिरहेको उनले बताए ।
यसलाई न्यूनीकरण गर्नका लागि पहिलो चरण मास्क नलगाएर बजारमा आउने र हुल पार्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार एक सय जरीवाना गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सेनीटराई प्रयोग गर्ने, पटक पटक साबुन पानीको प्रयोग गर्ने र अरुलाई पनि प्रयोग गर्न लगाउने सुझाव दिएको उनले उल्लेख गरे । ‘बीना मास्क बजारमा आएकालाई मास्क पनि लगाएर पठाउने गरेका छौँ। यसले सबै मानिसहरुलाई कोरोनाबाट जोगिने उपायहरु अबलम्वन गर्न प्रेणा दिनेछ’, उनले भने।




Facebook Comments