‘प्रहरी कमजोर हुँदा शक्ति केन्द्रले रजगज गरे’

काठमाडौँ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरीलाई कमजोर बनाएर शक्ति केन्द्रले रजगज गरेको बताएका छन् । ३० वर्षे सेवाअवधिका कारण बिहीबारबाट अवकाश पाउन लागेका ज्ञवालीले वैज्ञानिक वृत्ति विकास प्रणाली नभएकै कारण लामो अनुभव र दक्षता भएका अधिकृतले एकै पटक अवकाश पाउने गरेको र यसको फाइदा प्रहरीलाई मजबुद र एकढिक्का भएको देख्‍न नचाहने शक्तिले लिएको टिप्पणी गरे ।

महानिरीक्षक ज्ञवालीले सार्वजनिक रुपमै संगठन हस्तक्षेपको शिकार बन्‍न पुगेको बताउनाले प्रहरीको कामकारबाही अपारदर्शी छ भन्ने पनि स्पष्ट पारिदिएको छ ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको बदाई कार्यक्रममा बोल्दै ज्ञवालीले संगठन कमजोर हुनुमा गृह मन्त्रालयको पनि भूमिका भएको आरोप लगाए । पछिल्लो ५ महिनामा मात्रै डीआईजीदेखि आईजीपीसम्मका ३१ जना उच्च अधिकारीले अवकाश पाएका छन् । लामो अनुभव र सीप तथा दक्षता हासिल गरेका अधिकारीहरुको एकै पटक हुने यस्तो अवकाशले प्रहरी भन्दा बाहिरको शक्तिले चलखेल र रजगज गर्ने जोखिम रहेको उनको भनाइ छ ।

‘विदाइको यस घडीमा मैले किनपनि यस तथ्यमा जोड दिइरहेको छु भने प्रहरीलाई एकढिक्का र मजबुद भएको देख्‍न नचाहने समूह र शक्ति सधै अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत रहने गरेका छन्,’ महानिरीक्षकबाट बिदाई हुँदाको सम्बोधनमा उच्च अधिकारीहरुमाझ ज्ञवालीले भने, ‘सरुवा, बढुवा, काज र तालिमका लागि हाम्रा कर्मचारीहरु घाइते मृग जस्तै रणभुल्ल भएर बरालिनु परेमा त्यो जनशक्तिको संगठन र नेतृत्वप्रतिको श्रद्धाभाव क्षीण हुँदै जान्छ,त्यसको पीडा अन्ततः सेवाप्रवाहमा आम नागरिकले व्यहोर्नुपर्ने हुन्छ ।’ यसमा केही दोष प्रहरी उच्च अधिकारीहरुको पनि रहेको उनले स्वीकार गरे ।

‘केही दोष हाम्रोपनि छ, हाम्रो जनशक्तिको समस्या हामीले सम्बोधन नगरेमा उसले अनेकबाटो खोज्दै हिड्नु स्वभाविक पनि हो,’ ज्ञवालीले भने, ‘तर केवल व्यक्तिगत हित र लाभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दबाबले संगठनलाई कदापी भलो गर्दैन ।’

गृहमन्त्रालयप्रति लक्षित गर्दै ज्ञवालीले आन्तरिक र बाहृय स्वार्थको संयोजन गर्दैमा प्रहरीको मर्यादा जोगाउने अनेकौं अवसरबाट वञ्चित हुनु परेको बताए । ‘हाम्रो अविभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरिरहेका हुन्छन् ।’ प्रहरीका प्रशासनिक निर्णयमा माथिबाट प्रभाव र दबाब हुने गरेको उनले बताए । सेवामा रहँदा आफूले सही र सत्य देखेको कुरा बिना हिचकिचाहट भनेको उनले बताए ।

अवकाशपछि पनि प्रहरीको मान र मर्यादालाई सम्मान र उच्चतम विन्दुमा स्थापित गर्न लागि रहने उनले बताए । आफ्नो कार्यकालमा सामूहिक निर्णय प्रणाली, कार्यक्षमता र दक्षताका आधारमा मूल्यांकन गरिएको र कोरोना संक्रमणका कारण कतिपय प्राथमिकतामा परेका विषय लागू गर्न नसकिएको उनले बताए ।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा कहिलेदेखि हुन्छ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता...

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ...

चर्चित