प्रधानमन्त्री ओली पक्षधरको जुलुसमा प्रचण्ड पक्षधरको आक्रमण

काठमाडौं । सत्तारुढ नेकपाको शीर्षतहमा भएको विवादले जिल्लास्तरमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको दुई वर्षपार गर्दै गर्दा शीर्ष नेताहरुबीच विवाद बढेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा अर्का अध्यक्ष प्रचण्डसहितका नेताले मागेपछि अहिले नेकपाको विवाद बढिरहेको छ । कतै ओलीको समर्थनमा त कतै ओलीको विरोधमा कार्यक्रम भइरहेको छ । यस्तै कार्यक्रम सप्तरीमा पनि भएको छ । बुधबार सप्तरीमा ओलीको समर्थनमा गरेको प्रदर्शनमा पूर्वमाओवादी पक्षले अवरोध गरेको आरोप लगाइएको छ ।

पूर्वएमाले पक्षधर नेताहरुले शिव मन्दिर प्राङ्गणबाट ओलीको समर्थनमा प्रदर्शन गर्ने तयारी गरेपछि उमेश यादवसहित पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुले अवरोध गरेका हुन् । दुई समूहको विवादले सो क्षेत्र केहीबेर तनाव पूर्ण बनेको थियो ।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई गुटबीच कैलालीको लम्कीमा झडप भएको भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमबार दिउँसो निकालिएको स्वतन्त्र नागरिकको जुलुसमाथि अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालका पक्षधरले आक्रमण गरेको बताएको छ।

कैलालीको लम्की क्षेत्र प्रतिनिधि सभाका सांसद झपड रावलको निर्वाचन क्षेत्र भएको र सांसद रावल नेकपाका वरिष्ठ नेता नेपाल पक्षधर भएका कारण प्रधानमन्त्रीको समर्थनमा निकालिएको जुलुस माथि हमला गरेको स्थानीय एक विद्यार्थी नेताले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.