एजेन्सी । भारतको लद्दाखस्थित गलवान भ्यालीमा भएको चिनियाँ घुसपैठको विरोधमा तिब्बती नेताहरुले क्यानडाको टोरन्टोस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले भारतको कदमप्रति एक्यबद्धता व्यक्त गरेका छन् ।
उनीहरुले प्रदर्शनका क्रममा चीनविरोधी नाराहरु लगाएका थिए भने भारतीय सेनाको प्रशंसा गरेका थिए । तिब्बती युथ कंग्रेसका सदस्यहरुले न्ययोर्क र न्युजर्सीमा समेत यस्तै प्रदर्शन गरेका थिए ।
जून १५ मा गलवान भ्यालीमा चीन-भारत सेनाबीच भएको हिंसात्मक झडपमा २० भारतीय सेना मारिएका थिए भने चीनले भने आफ्नो पक्षमा मारिएका सेनाको विवरण सार्वजनिक गरेको छैन ।
चीनतर्फ मारिएका सेनाका परिवारले उनीहरुको विवरण सार्वजनिक गरेर सेनाको उच्च सम्मान चीन सरकारले गर्नुपर्ने माग गर्दै आएका छन् ।
Facebook Comments