अमेरिकीमा हुवावे र जेडटीई सुरक्षा चुनौती भएको भन्दै वितरणमा प्रतिबन्ध

एजेन्सी । अमेरिकी संघीय सञ्‍चार आयोग (एफसीसी) ले हुवावे र जेडटीईलाई सुरक्षा चुनौतीको रुपमा वर्गीकरण गरेको छ । यसका साथै अमेरिकाले युनिर्भसल सर्भिस फण्डअन्तर्गत यसको वितरणमा समेत प्रतिबन्ध लगाएको छ । यिनीहरुको सम्पर्क चिनियाँ सैन्य र गुप्तचरसँग रहेको जनाइएको छ ।

एएफसीसीले अमेरिकाको सम्पूर्ण सञ्‍चार प्रविधिलाई नियमन गर्ने काम गर्छ । एफसीसीले अमेरिकी सञ्‍चार नेटवर्क सुरक्षा खतराबाट जोगाउन यो कदम चालिएको जनाएको छ । दुबै कम्पनीलाई युनिर्भस सर्भिस फण्डअन्तर्गतको प्राप्त रकमबाट हुने वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

एएफसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एफसीसी अन्तर्गत प्राप्त हुने ८.३ बिलियन डलर यी कम्पनीहरुले आफ्नो उत्पादन खरिद-बिक्री, प्राप्ती, मर्मत, सुधार, परिमार्जन, वा अन्य यी आपूर्तिकर्ताद्वारा उत्पादित वा प्रदान गरिने कुनै पनि उपकरण वा सेवाहरू समर्थन गर्ने कार्यका लागि गरिने प्रयोगमा रोक लगाइएको छ ।”

यससँगै यी दुई चिनियाँ कम्पनीहरु अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतराको रुपमा पहिचान गरिएका छन् । अमेरिकाले त्यसैगरी अन्य चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

यसअघि भारतले चर्चित टिकटकसहितका ५९ एप्सहरुमा प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments