काठमाडाैँ । अभिनेता भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा ‘ड्रिम्स’को सुटिङका समयमा दुर्व्यवहार भएको आरोप खेपिरहेका अभिनेता केसीमाथि ती महिलाले यस्ताे बताएकी हुन्।
उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी छन्। फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडिओ राख्दै स्वेता रेग्मी नामकी महिलाले यस्तो आरोप लगाएकी हुन्। रेग्मीले सार्वजनिक गरेको च्याटको स्क्रिन भिडिओमा उनले आफूलाई आपत्तिजनक लागेका भुवनका भनाइहरूमा रातो घेरा लगाएकी छन्।
भिडिओमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जसलाई परेको हो उसले आफूलाई सहज लागेको बेला भन्ने अधिकार रहेको र त्यसमाथि कसैले ‘पहिला किन नभनेको?’ भनेर प्रश्न गर्नु उचित नहुने बताएकी छन्।
उनले भिडिओमा आफू एउटा पीडित भएरभन्दा पनि यस्ता घटनामा साथ दिनका लागि आएको बताएकी छन्। यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी छन्।
आफूमाथि दुर्व्यवहारको आरोप लागेपछि अभिनेता भुवन केसीले उक्त आरोपको खण्डन गर्दै साम्राज्ञीका कारण आफ्नो अपमान भएको भन्दै छानविनका लागि कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।
Lets talk about #metoomovement #metooYes- I speak English Neplish by mixing it up, focus on the message, not on my accent or me talking in half Nepali and English. Let me communicate the way I want to. If you don't like it, please unfollow! P.s-by no means I am pretty, I have my own security hidden behind makeup. Let's focus on the qualities of human beings rather than the outside appearance. When I die, I want people to talk about the impact I made not about how I looked. 🙏
Publiée par Sweta Regmi sur Vendredi 3 juillet 2020
Facebook Comments