चिनियाँ राजदूतको ‘राजनीतिक सक्रियता’ मा नेकपा पार्टीमा हलचल!

काठमाडौं। पछिल्लाे समय नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच नेपालस्थित चिनियाँ राजदूत होउले बढाएको सक्रियताप्रति राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्। सत्तारुढ तथा विपक्षी दलका नेताहरुले ट्‍वीट गर्दै नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप मान्य नहुने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हुने बाह्य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन्। सोमबार दिउँसो एक ट्‌वीट गर्दै उनले आन्तरिक विषयमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन्।

नेपालको गतिशील आन्तरिक राजनीतिक र घटनाक्रममा वैदेशिक शक्तिद्वारा गरिएको हरेक षड्यन्त्रको हामी खण्डन गर्दछौं, उनले ट्‌वीटमा भनेका छन्। नेपाल आफैमा सार्वभौम एक राष्ट्र भएकाले निर्णय लिने अधिकार भएको भन्दै उनले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति मान्य नहुने बताएका हुन्।

पछिल्लो समय चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच आइतबार भेटवार्ता भएको थियो। नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ नेपालको निवास कोटेश्वर पुगेको थिइन्। नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

तर नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले यो भेट सामान्य भएको अनलाइनसँग बताए। उनले भने, ‘भेटमा समसामयिक विषयमा कुरा हुनु स्वभाविक हो। तर यसलाई राजनीतिसँग जोडेर बढाइचढाइ गर्नु आवश्यक छैन।’ रिजालले विदेशी मामिलामा उत्तर दक्षिण वा अरु जतातिरबाट हस्तक्षेप भए पनि त्यो मान्य नहुने बताए।

यसअघि पनि नेकपाभित्र आन्तरिक विवाद बढ्दा चिनियाँ राजदूत होउको राजनीतिक भेटवार्ता बाक्लिएको थियो।

राष्ट्रिय प्रजातन्‍त्र पार्टीका अध्यक्ष कमल थापाले पनि विदेशी हस्तक्षेपको विरोध गर्दै ट्‌वीट गरेका छन्। उनले भनेका छन्, ‘ एकातिर प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन।के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?राष्ट्रियता जोगाउन सक्छ?स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन’।

प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन।के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?राष्ट्रियता जोगाउन सक्छ?स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन,नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले आन्तरिक मामिलामा विदेशी राजदूतहरुको सक्रियता गलत भएको बताएका छन्। उनले ट्‌वीटमा भनेका छन्,’ सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्‍ने प्र.म.ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खवर आएको छ।’ गुरुङको प्रश्‍न छ, ‘जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ? कुर्ची ढलाउन र बचाउन राष्ट्रीयता नै तिलान्जली?’

सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्र.म.अोलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खवर आएको छ। जब नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ? कुर्ची ढलाउन र बचाउन राष्ट्रीयता नै तिलान्जली?

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.