नेकपामा विवाद चलिरहँदा चिनियाँ राजदूतकाे सक्रियताले राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षरुपमा चलाएको भनिए पनि आन्तरिक हात चिनियाँ राजदूत रहेको भन्दै टिप्पणी हुन थालेको छ।

नेकपाका शीर्ष नेताहरुको विवादले पार्टी फुटका संघारमा पुगेको बेला आइतबार राति नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् ।

नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको थियो तर बैठक सारियो । नेकपा वरिष्ठ नेता नेपाललाई भेटेपछि राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न शितलन निवास पुगेकी थिइन् ।

ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेकी बताइएको छ । ‘पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यसपछि अर्का अध्यक्ष प्रचण्ड, अनि माधव नेपाल र आवश्यकता अनुसार अरु नेताहरु भेट्ने उनीहरुको प्रचलन हो। आफ्नो अभ्यास उनीहरुले हतपती तोड्दैनन्’, नेकपा एक नेताले भने, ‘सायद दुई अध्यक्षलाई भेटेपछि माधव नेपाललाई भेटेको हुनुपर्छ।’

करिब दुई महिनाअघि आन्तरिक राजनीतिक मतभेदकै बीच राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच सोमवार टेलिफोन वार्ता भएको थियो । त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच राजदूत होउले संवाद गरेपछि विवाद साम्य भएको मानिएको थियो ।

‘सत्तारुढ पार्टी भएकाले नेपालसँगको भेटमा राजदूत होउले नेकपामा देखिएको विवादबारे पनि जिज्ञासा राख्नु स्वाभाविक हो’, ती नेता भन्छन्, ‘पार्टीभित्रको विवादले जनातामा निराशा नजन्माओस् र अस्थिरता नबढोस् भन्ने चिन्ता राजदूतले राखेको बुझिएको छ।’

आइतबार प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् भने त्यसलगत्तै दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको थियो । आइतबारको वार्तापछि विवाद मत्थर हुने सम्भावना बढेको नेताहरूले बताएका छन् ।

दुई अध्यक्षको टोलीबीच भएको छलफलले चार नेतालाई सहमतिको खाका तयार गर्ने जिम्मेवारी दिएको छ ।

सत्तारूढ नेकपाभित्र विवाद चर्कँदै गएका बेला दुई देशबीच भएका उच्चस्तरीय वार्ताहरू र अन्य धेरै कारण पछिल्लो राजनीतिक परिदृश्यमा चिनियाँहरूको सक्रिय सहभागिता बढेको र यसको दीर्घकालीन असर पर्ने बताइएको छ ।

त्यो कुराकानीलाई सहजीकरण गरेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्यसको केही दिनमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् ।

त्यसको एक दिनपछि उनको भेट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट भएको थियो ।

त्यसबाहेक कोभिड-१९ को चुनौती सामना र सहकार्यका विषयमा नेकपाका विदेश मामिला प्रमुख रहेका नेता नेपाल तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ र अन्य नेताहरूसँग दुई घण्टाभन्दा लामो भिडिओ छलफलमा सहभागी भएका थिए ।

नेकपाभित्र देखिएको चिनियाँ हस्तक्षेपले राष्ट्रिय स्वाधिनता र सार्वभौसत्ता नै जोखिममा पर्ने चिन्ता बढेको छ ।

चीनभन्दा नेपालसँग विभिन्‍न कारणले भारत नजिक छ । तर, भारतले कहिल्यै पनि नेपालको राजनीतिमा यसरी खुलारुपमा हस्तक्षेप गरेको देखिएको थिएन । यसले भारत-नेपालबीचको पछिल्लो सम्बन्धमा थप दरार पैदा गरेको छ ।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित