Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
धरान। बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको हाे।
बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानका अनुसार कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको हाे।यसपटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो। बेलायतले बर्सेनि प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ।
धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ। यसपटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ।
कोरोना महामारी सामान्य भएमा केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क्षेत्रीय र केन्द्रीय छनोटमा उत्तम अंक ल्याएर असफल भएका युवालाई बेलायती सेनामा भर्ती हुन अवसर प्रदान गरिने कर्णेल गुडम्यानले विज्ञप्ती मार्फत जानकारी दिएका छन्। बेलायतले बेर्सेनि चार सय ३२ नेपाली युवालाई बेलायती सेनामा र एक सय २० युवालाई सिंगापुर प्रहरीमा भर्ती गर्दै आएको छ।




Facebook Comments