प्रधानमन्त्री ओलीविरूद्द बाबुराम भट्टराईले खाेले यस्ताे मुख

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कोमामा पठाएको आरोप लगाएका छन्। उनले ज्योतिषी र एक मूर्खको कथा जोडेर प्रधानमन्त्रीले धर्मसंकटको स्थिति सिर्जना गरेको व्यंग्य गरेका छन्।

‘प्रम ओलीले सबैलाई चक्मा दिंदै संसद कोमामा पठाएपछि ‘अब के हुन्छ?’ भन्ने प्रश्न सोधेको सुन्दा एउटा मूर्ख र ज्योतिषीको कथा सम्झना भइरहेछ!’ डा भट्टराईले ट्विट गर्दै लेखेका छन्‚ ‘हातमा मुंग्रो लिएको मूर्खले ज्योतिषीलाई भनेछ- लौ भन, मैले तिम्रो टाउकोमा हान्छु कि खुट्टामा? क्या फसाद- टाउको भनौं खुट्टामा हान्छ, खुट्टा भनौं टाउकोमा!’

उनले अहिले नेकपामा चर्किरहेको विवादको भुंग्रोमा पार्टी र संसद कसरी परिरहेका छन् भन्ने विषयमा कथाको उदाहरण दिँदै बुझाउन खोजेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.