नायिका साम्राज्ञीले फेरि पाेष्ट गरिन् यस्ताे भिडियाे

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप (वाकयुद्ध)चलिरहेको छ ।

साम्राज्ञीले युट्युवरहरुले वाक्क दिक्क बनाएको आरोप लगाएकी छन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो हेडिङ राखेर हाम्रा कुराहरु बंग्याएर पेश गर्छन् ।’

एउटा हेडलाइन् राखेर अर्के टेक्स राख्ने गरेको भन्दै त्यस्ता शैलिले दर्शकलाई पनि दिक्क बनाउने धारणा राखिन् । अहिले धेरै युट्युबरले अन्तरवार्ताका लागि बारम्बार फोन गर्ने गरेको भन्दै उनले अब आफ्ना कुरा इन्स्टाबाटै राख्ने धारणा राखेकी छिन् ।

युट्युबर महिला एवं पुरुषहरु महिला कलाकारको धज्जि उडाउन सक्रिय रहेको उनको भनाई छ । ‘यदि उहाँहरुले महिलाको इज्जल गर्नु हुन्थ्यो भने त्यो लाजलाग्दा कमेन्ट किन हटाउनु भएन ? ’ उनले भनेकी छिन् । उनले आफु मात्रै नभएर आम महिला कलाकार पीडित भएको गुनासो गरिन् ।

२ दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएपछि नायिका साम्राज्ञी सामाजिक सन्जालमा एकाएक चर्चामा आएकी हुन्।

https://www.instagram.com/tv/CCC95pJHCXA/

नायक भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप (भिडियोसहित)

‘गालामा गालै टासेर दुर्व्यवहार गरियाे, म चहन्थे भने पाेलिस केस गर्न सक्थे!(भिडियाेसहित)

‘अंकलजस्तो मान्छेले ‘दाइ’ भनेर बोलाऊ भन्थे’(भिडियाेसहित

नायिका साम्राज्ञीकाे खुलासा: यी फिल्ममा काम गर्दा दुर्व्यवहार सहनु पर्याे( भिडियाेसहित)

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.