अन्तत: लकडाउन कडा पार्ने सरकारको तयारी

काठमाडौं । सरकारले फेरि लकडाउन कडाई पार्ने तयारी गरेको छ । लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै सरकारले कडाइ गर्ने तयारी गरेको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउने तयारी गरेको हो । आज बसेको बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बताए ।

उनकाअनुसार खुलेको जतिलाई बन्द गर्ने भन्दा पनि प्रोटोकलको पालना गराउनमा कडाई गरिनेछ । भौतिक दूरी कायम गर्नमा कडाई गरिनेछ भने स्वास्थ्य सुरक्षामा निगरानी गरिने छ । विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।

Facebook Comments