ओलीले प्रधानमन्त्रीबाट हटाउन खाेजिएकाे अभिब्यक्ति दिएपछि भट्टराईले खाेले मुख

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएलगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जनाएका हुन् ।

‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले भने‚ ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने ? भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढी पहिरो आएको बेला हुने ? अलिपछि दशैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ?’ उचित बेला चाही कैले रहेछ हँ ?’ भन्दै भट्टराईले प्रधानमन्त्री ओलीप्रति व्यंग्य समेत गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.