विश्वभर १ करोडभन्दा बढीमा कोरोना संक्रमण, मृतककाे संख्या ५ लाख नाघ्याे

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ ।

त्यस्तै विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ ।

२४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित