एजेन्सी। अमेरिकामा कोरोना भाइरस संक्रमणले स्थिति भयावह भएको छ । संक्रमण दरमा कमी नआएपछि रोकथामका लागि देशका केही शहरमा फेरि लकडाउन गरिएको छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ ।
आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५०५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये १० लाख ७८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका १३ लाख ८८ हजार २०० जनामध्ये १५ हजार ७७७ जनाको अवस्था गम्भीर रहेको छ ।छ।
फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएको हो।












Facebook Comments