संयुक्त राष्ट्रसंघको गाडीभित्र अश्लिल हर्कत!

न्युयोर्क । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्ना एक आधिकारीको कारमा भएको सेक्स फुटेज सार्वजनिक भएकाे छ। सो घटनालाई लिएर राष्ट्रसंघले गम्भीर आपत्ति जनाएको छ । यो घटना अति चिन्ताजनक रहेको राष्ट्रसंघले उल्लेख गरेको छ । साथै राष्ट्रसंघले छानविन गर्ने जनाएको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।
इजरायलको तेल अविवको समुद्री किनारको सडकमा गाडीभित्र सो सेक्स भिडियो बनाइएको छ ।

घटनाको छानबिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । भिडियोमा देखिएका मानिसको पहिचान गर्ने काम भइरहेको पनि युएनले उल्लेख गरेको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने जनाइएको छ ।

भिडियोमा गाडीको अगाडिको सिटमा रहेका एक व्यक्ति मुन्टो निहुराएर बसेको देखिएको छ । ड्राइभरले गाडी चलाएको भने देखिँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डुजारिकले १८ सेकेण्डको सोभिडयोलाई ‘विभत्स’ भनेका छन् ।

यौनसम्बन्ध दुवै व्यक्तिको मञ्जुरीमा भएको थियो वा अरु केही भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।

Facebook Comments