वाशिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिले अमेरिकी नागरिकको सुरक्षा खतरामा भएको बताएका छन् । उनले अमेरिकी इतिहासमै पहिलोपटक राष्ट्रपति ट्रम्पले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिलाई गम्भीरतापूर्वक लिएकोसमेत बताएका छन् ।
हवाइमा गत साता भएको एक बैठकमा उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिले आधारभूतरुपमा अमेरिकी नागरिकको सुरक्षालाई खतरामा पुर्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पे इतिहासमै पहिलोपटक यसलाई गम्भीरतापूर्वक लिनुभएको छ ।”
“हामीले स्पष्टरुपमा सीसीपीका गतिविधिहरुले जोखिम उत्पन्न गराएको विभिन्न क्षेत्रमा देख्न सकिन्छ । जस्तो- हङङको सुरक्षासम्बन्धी कानुन, भारतविरुद्धको हिंसात्मक आक्रमण, साउथ चाइना सीमा जापान र ताइवानविरुद्धका गतिविधि र यससँगै उनीहरुले बौद्धिक चोरीमा समेत संलग्न भएका छन्,” उनले थपे ।
उनले गत साता हवाइमा चिनियाँ कुटनीतिज्ञ याङ जियचीलाईसमेत भेट गरेका थिए । यस विषयमा अमेरिकाको धारणा के हो भन्ने विययमा जेयचीसँग संवाद भएकोसमेत बताइएको छ ।
अमेरिकाले चिनियाँ बोली र व्यवहारमा भएको परिवर्तनलाई राम्रोसँग पहिचान गरेकोले आफ्नो बोलीमा चिनियाँ कहिल्यै पनि अडिक नहुने बताइएको छ ।
Facebook Comments