लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
साढुभाइ विदेश गएको मौका छोपी सालीसँग पटक–पटक जबरजस्ती अनैतिक सम्बन्ध राख्ने पाँचखाल नगरपालिका–१२ खहरेगाउँका ३७ वर्षीय रत्न भन्ने चन्द्रबहादुर दनुवार पक्राउ परेका छन् । विदेशबाट लकडाउन हुनुअघि घर फर्किएका श्रीमान्ले श्रीमतीको पेट लगातार बढेको, खाना अरुचि भएको, वाकवाकी लागेको तथा गर्भ रहेको जस्तो आशंका लागेपछि सोधेका थिए ।
श्रीमतीले आफ्नै भिनाजुको गर्भ भन्न नसकेर चुप लागेर बसेको भन्दै श्रीमान्को सहयोग हुने भएपछि वास्तविकता बताएकी थिइन् । उनको पेटमा चार महिनाको गर्भ रहेको परीक्षणबाट देखिएपछि श्रीमान्–श्रीमती दुवैको सल्लाहमा रत्न भन्ने चन्द्रबहादुर दनुवारलाई पक्राउ गरिएको छ ।
लकडाउनको अवसरमा श्रीमान्–श्रीमती घरमै बसिरहेका थिए । २०७६ पुस २६ गते दिउँसोको समयमा पाँचखाल नगरपालिका –१२ स्थित बगैंचामा श्रीमान्ले विदेशबाट पठाएको रकम पाँचखाल तामाघाटबाट लिएर फर्कने क्रममा चन्द्रबहादुरले जबरजस्ती गरेका थिए ।
२०७६ फागुन १३ गते महिलाको छोरा झुण्डिएर आत्महत्या गरे । छोराले घरमै आत्महत्या गरे पछि महिलाको श्रीमान् विदेशबाट फर्किएका थिए । श्रीमान्बाट विदेशबाट फर्किएपछिको समयभन्दा अगावै उनको पेटमा बच्चा रहेको थाहा पाएपछि परीक्षणपछि भिनाजु चन्द्रबहादुरको जबरजस्ती करणीबाट बच्चा रहेको थाहा भएको थियो । उनी अहिले प्रहरी हिरासतमै छन् । प्रहरीले २०७७ जेठ ११ गते उनलाई नियन्त्रणमा लिएको थियो ।
Facebook Comments