चिनियाँ मिडियामाथि कारबाही गर्दै अमेरिका

अमेरिका । अमेरिकाले चारवटा चिनियाँ मिडिया संस्थालाई चीनको प्रचारमा तल्लीन रहेको आरोप लगाउँदै विदेशी कूटनीतिक मिसनको दर्जा दिएको छ। आरोप लागेका मिडिया ‘सीसीटीभी’, ‘चाइना न्युज सर्भिस’, ‘पिपल्स डेली’ र ‘ग्लोबल टाइम्स’ले अब आफ्नो सूचना अमेरिकी विदेश विभागलाई दिनुपर्ने भएको छ।

भारत, अमेरिका र अस्ट्रेलियाबीच तनाव चलिरहेका बेला चिनियाँ मिडियाहरूले झन् ‘आगोमा घिउ थप्ने’ काम गरेकाले ती मिडियालाई ट्रम्प प्रशासनले ठूलो झट्का दिएको छ। त्यसैले अमेरिकाले चीनका यी चारवटै मिडियालाई विदेशी कूटनीतिक मिसनको दर्जा दिने निर्णय गरेको हो। अमेरिकाले यी चारवटै मिडिया राजनीतिक नियन्त्रणमा रहेको जनाएको छ।

अमेरिकाको विदेश विभागको पूर्वी एसिया र प्रशान्त महासागर क्षेत्रका सहायक मन्त्री डेभिड स्टिलवेलले यी चारवटै चिनियाँ मिडियाले अमेरिकामा आफ्ना कर्मचारी र सम्पत्तिको सम्पूर्ण विवरण विदेश विभागमा पेस गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘यी चारै संस्था स्वतन्त्र होइनन्। चीनको कम्युनिस्ट पार्टीको तर्फबाट नियन्त्रित छन्। यिनीहरूलाई प्रोपोगान्डा फैलाउने संगठनका रूपमा पनि चिनिन्छ।’ यो कारबाहीले सूचना प्रवाहको नियन्त्रणमा पारदर्शिता आउने उनले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.